रोङ्सी खोलाको पहिरो हटाउँदै चिनियाँ टोली, सतर्क रहन दोलखा प्रशासनको आग्रह

काठमाडौं । तामाकोसी नदीमा मिसिने रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको छ । शनिबार बिहानैदेखि तिब्बत क्षेत्रमा पर्ने उक्त खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । योसँगै नेपालको दोलखा र रामेछाप क्षेत्रका बस्तीहरुलाई सचेत रहन आग्रह गरिएको पनि प्रजिअ घिमिरले बताए । भने— ‘उता चीनमा पहिरो हटिसकेपछि यता तामाकोशीलगायतका नदीमा पनि पानीको बहाव बढन् सक्छ । त्यसैले सचेत रहनु भनिएको हो ।’

गत शुक्रबार आएको बाढीले चीनको रोङ्सी खोला थुनिएको थियो । त्यसपछि बाढीले थुपारेको संरचना हटाउन चिनियाँ टोली खटिएको हो । त्यसपछि दोलखा र रामेछापलगायतका तामाकोशी आसपास पर्ने जिल्लाका बासिन्दाहरुलाई सचेत रहन आग्रह गरिएको हो । प्रजिअ घिमिरले भने— ‘चिनियाँ टोलीले अहिले पहिरो हटाइरहेको जानकारी आएको छ ।’

चीनको उक्त उक्त रोङ्सी नेपालको तामाकोशी नदीमा आएर मिसिन्छ । दोलखाको लाप्पी क्षेत्रमा रोङ्सी र तामाकोसी दोभान छ । त्यसकारण नेपालका तामाकोशी नदीको छेउछाउका बस्तीहरुलाई सचेत गराइएको हो । पहिरो हटेपछि पानीको बहाव बढ्ने भएकाले केही ठाउँ क्षति हुनसक्ने अनुमान गरिएको छ । तथापि, अहिलेसम्म पानी आइनसकेको र स्थिति साधारण नै रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *