मलामीबाट फर्किदै गरेका पुरुष भीरबाट लडेर बेपत्ता

बझाङ । बझाङमा भीरबाट लडेर एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको दुर्गाथली गाउँपालिका ३ का ४० वर्षीय मीनबहादुर धामी स्थानीय धउलावन भीरबाट लडेर बेपत्ता भएका हुन् ।

बिहीबार बेलुका आफ्नो जेठाबुबा रामबहादुर धामीको मलामीबाट घर फर्किने क्रममा भीरबाट लडेर उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जजाएको छ । भीरबाट लडेका उनी बेपत्ता भएकाले उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक रुपक खड्रकाले बताए ।

भीर ठूलो, अप्ठ्यारो र त्यसैमाथि पानी परिरहेकाले उनको खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *