सेबाेनले जलविद्युत् कम्पनीकाे प्रकृति नै नबुझी विज्ञप्ती जारी गर्याे : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सूचीसहित जारी गरेको विज्ञप्ती त्रुटिपूर्ण रहेको भन्दै दुःख व्यक्त गरेको छ ।

बोर्डले जारी गरेको विज्ञप्तीमा लगानीका लागि जोखिमपूर्ण भनिएका ५१ कम्पनी मध्ये २१ ओटा जलविद्युत् कम्पनी छन् । ती जलविद्युत् कम्पीको मूल्य अस्वभाविक रुपमा बढेको भन्दै बोर्डले लागानीका लागि जोखिमयुक्त भनेको थियो ।

यद्यपी, सेयर बजारमा ४० ओटा विद्युत् कम्पनी सूचिकृत भएको र जलविद्युत् कम्पीको प्रकृतिको ख्याल नगरी मूल्य आम्दानी अनुपात, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थलाई मात्रै आधार मानेर जलविद्युत् कम्पनीमा भएको लगानी जोखिमयुक्त भनेकोप्रति इप्पानले खेद जनाएको छ ।

जलविद्युत् आयोजना निर्माणका लागि आकार र प्रकिृतिअनुसार ४ देखि ५ वर्ष लाग्ने र सञ्चालनमा आएपछि मात्रै प्रतिफल दिने भएकोले उत्पादन सुरु गरेपछि मात्रै आम्दानीको र पूँजीगत सूचकहरु वृद्धि हुर्दै जाने जनाएको छ ।

त्यस्तै, आयोजनाहरुमा ऋण लगानी ७० प्रतिशतसम्म ऋण लगानी गरिने भएकोले पनि यो प्रकृतिलाई ख्याल गर्न इप्पानले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *