बाख्रा चराउन गएका दुई बालबालिकाको पहिरोमा पुरिएर मृत्यु

धनगढी । पहिरोमा पुरिएर डोटीमा दुईजना बालबालिकाको मृत्यु भएको छ ।

बाख्रा चराउन गएका बेला पहिरोले पुरिँदा डाेटीको दीपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय विनोद भण्डारी र ११ वर्षीया जेनिषा विष्टको मृत्यु भएको हो । पानी परेपछि ओत लाग्न ओडारमा बसिरहेका बेला माथिबाट पहिरो आउँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

पहिरोमा पुरिएको थाहा भएपछि प्रहरी र स्थानीयबासिन्दाले पहिरो पन्छाउँदा उनीहरुको शव भेटिएको थियो । बुधबार मात्रै जिल्लाको केआइ सिंह गाउँपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परी ज्यान गएको थियो ।

सुदूरपश्चिममा आइतबारदेखि लगातार पानी परिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *