प्रदेश १ मा कोरोनामुक्त हुनेको संख्या ५२ हजार बढी

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार नाघेको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२हजार ३७३ पुगेको छ । एकैदिन बिहीबार १ हजार २९९ जना कोरोना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४ पुरुष रहेका छन् ।

प्रदेश १ मा ३९३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, तेह्रथुममा १३, उदयपुरमा ९, इलाममा ७, संखुवासभा र धनकुटामा ३-३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८३, सुन्दरहरैचामा २०, उर्लाबारीमा ६,पथरीशनिश्चरे र बेलबारीमा ५–५, केराबारी र लेटाङमा ४–४, मिक्लाजुङ, कटहरी, रंगेली र बुढीगंगामा ३–३, रतुवामाई र ग्रामथानमा २–२, कानेपोखरी र जहदामा १–१, सुनसरीको धरानमा ४५, इटहरीमा ३०, दुहवीमा ४, बराहक्षेत्रमा ३, देवानगञ्ज, रामधुनी र इनरुवामा २–२, गढीकोशीगाउँपालिका र बराहक्षेत्रमा १–१, झापाको विर्तामोडमा १५,हल्दिबारीमा १०, मेचीनगर र कनकाईमा ८–८, अर्जुनधारा र दमकमा ६–६, भद्रपुर र शिवसताक्षीमा ४–४, कमलगाउँपालिकामा २, कचनकवल, बुद्धशान्ति, बाह्रदशी र गौरादहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पाँचथरको फिदिममा ३९, तेह्रथुमको म्याङलुङमा १३, उदयपुरको कटारी र चौदण्डीगढीमा ३–३,त्रियुगामा २ र बेलकामा १, इलामको सुर्योदय र रोङमा २–२, इलामनगरपालिका, चुलाचुली र माईमा १–१, संखुवासभाको खाँदबारी, मादि र चैनपुरमा १–१, धनकुटाको धनकुटा नगरपालिकमा २ र छथरमा १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार २२८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १३ हजार ७८३ रहेको छ । प्रदेश १ मा आज १ हजार ४२९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १७५ महिला र २१८ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *