रुपा सुनारले दर्ता गराइन् घरबेटीविरुद्ध जाहेरी

काठमाडौं । जात कै कारण काठमाडौंमा कोठा नपाएको दाबी गर्दै रूपा सुनारले घरबेटीविरूद्ध जाहेरी दर्ता गराएकी छन् ।  आफूमाथि जातकै कारण विभेद भएको भन्दै रुपाले बिहीबार महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् ।

जात  थाहा पाएपछि डेरा नदिने घरधनी काठमाडौं महानगरपालिका–११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधानविरुद्ध सुनारले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार विहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् । घरधनी प्रधानले आफूलाई सानो जातको भन्दै डेरा भाडामा नदिएको पीडित सुनारको गुनासो छ ।

उनका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् । घरधनीले जातकै कारण कोठा दिन नसक्ने फोनमा जानकारी गराएको रुपाकाे भनाइ छ ।

दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन् । जातीय विभेदको मुद्धा भएका कारण प्रहरीले सजिलै मुद्धा गर्न नमानेको सुनारले बताइन् ।

‘हामी १२ बजे प्रहरीकहाँ पुग्यौँ । जाहेरीको ढाँचामा आवश्यक कागजात सहित गएका हौँ । तर प्रहरीले उजुरी दर्ता गर्नै मानेनँ,’ सुनार भन्छिन्, ‘म एउटा पत्रकार हुँदा हुदै त प्रहरीले उजुरी लिदैन भने आममानिसले कसरी न्यायको अपेक्षा गर्ने ?’ दिनभर प्रहरी कार्यालयमा धर्ना दिएपछि साँझमात्रै प्रहरीले उजुरी दर्ता गरेको उनले बताइन् । ‘‘१२ बजेदेखिको निरन्तर दवावले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भएँ । साथ दिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद । लडाइँ अझै बाँकी छ,’ जाहेरी दर्तापछि सुनारले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *