झिनो अंकले घट्यो नेप्से, झण्डै ११ अर्बको कारोबार

काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार नेपाल स्टक एस्चेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ ।

यस दिन १.२९ अंकले घटेर २९६८.४३ बिन्दुमा समेटिएको छ । सेन्सेटिभ इन्डेक्स समेत ०.५८ अंकले घटेर ५४१.१२ बिन्दुमा समेटिएको छ ।

यस दिन २ सय २३ कम्पनीका २ करोड ३ लाख ६५ हजार ६ सय ९९ कित्ता सेयर १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।

१३ ओटा समूहगत परिसूचक मध्ये होटेल तथा पर्यटन, विकास बैंक, वित्त, निर्जीवन बीमा, जीवन बीमा र अन्य समूहका बाहेक बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् ।

यस दिन सबैभन्दा बढी खानीखोला हाइड्रोपावर कम्पनीको सयर मूल्य ६.३६ प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल फाइनान्स लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंंक, कालिका पावर कम्पनी, सोल्टी होटेल लिमिटेडको सेयर मूल्य ५/५ प्रतिशतले बढेका छन् ।

सबैभन्दा बढी सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ६.९६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *