नाबालक छोरीलाई करणी गरी हत्या गरेको अभियोगमा बाबु पक्राउ

धनगढी । १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरेर हत्या गरेको आरोपमा धनगढीको लम्कीचुहा  नगरपालिका २ बघनीयाका एकजना बाबु पक्राउ परेका छन् ।  ५१ वर्षीय उनले गएको आइतबार (जेठ ३० गते) पक्राउ गरेको भएपनि प्रहरीले बुधबार मात्र सार्वजनिक गरेको हो ।

उनले गएको जेठ २७ गते दिउँसो आफ्नै नाबालिका छोरीलाई भैसी गोठमा लगी जबरजस्ती करणी गरी पोल खुल्ने डरले भैसी गोठमै झुण्ड्याइ हत्या गरेको र घटना लुकाउन आत्महत्या गरेको जस्तो देखाउन खोजेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घरपरिवारले बालिकालाई सोही दिन दाह संस्कार गर्ने तयारी गरिरहेको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय लम्कीको प्रहरी टोलीले शव बरामद गरि सेती प्रादेशिक अस्पतालमा शव पोष्टमार्टम तथा यौनजन्य परीक्षण गराउनुका साथै थप अनुसन्धान शुरु गरेको थियो ।

बलात्कार आरोपी पुरुषलाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *