लक्ष्मी बैंकको युरो कप योजना

काठमाडौं । युरो कप २०२० को उमङ्गमा अझ बढी उत्साह थप्न लक्ष्मी बैंकले एफ-वान सफ्टसँग मिली प्रेडिक्ट एन्ड विन क्याम्पेन ल्याएको छ । यो क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन जुन ११ देखि सुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहने जनाएको छ ।

क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरूले ५० एमबिपिएसको १ वर्ष अवधिको ईन्टरनेट सब्सक्रिप्सन निःशुल्क पाउन सकिने जनाएको छ ।

यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाइल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाइल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्सफर गरी यसमा सहभागी हुन सकिन्छ ।

मोबाइल मनीको ‘फोन-पे डाइरेक्ट’ वा अन्तर बैंक नगद ट्रान्सफरबाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफूले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । यति गरेपछि नै यस क्याम्पेनमा सहभागी हुन सकिने जनाएको छ ।

क्यम्पेनको अवधिपछि युरो कप विजेता देशको सही अनुमान गर्नुहुने ग्राहकमध्येबाट लक्की ड्रमार्फत ५ जनालाई विजेता घोषणा गरिने जनाएको छ ।

विजेता ग्राहकहरुले १ वर्षको इन्टरनेट सब्स्क्रिप्सन निःशुल्क पाउनेछन् । जति धेरै पटक नगद ट्रान्सफर गरिन्छ, त्यति नै धेरै जित्ने मौका पाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *