बी एण्ड सीलाई सम्बन्धन दिलाउन प्रधानमन्त्रीले पदीय मर्यादा भुलेको पूर्वउपकुलपतिहरूकाे भनाइ

पूर्वाधार नै नपुगेको बीएण्डसी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयमार्फत सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्सा शिक्षा आयोगको स्वीकृति दिलाउन प्रधानमन्त्री र  शिक्षामन्त्री नै लाग्नु पदीय मर्यादा र विश्विवद्यालयकाे  स्वायत्तताकाे सम्मान नभएको भन्दै उनीहरुले यसरी कानुनको उपेक्षा गर्नु  ठूलाे दुर्भाग्य भएको बताएका छन् ।

‘पदीय मर्यादा र विश्वविद्यालयकाे स्वायत्ताकाे सम्मान गर्न’मंगलबार संयुक्त विज्ञप्ति निकालेर पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाश जङ्ग शाह, तोरणबहादुर कार्की, कैलासनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, महेश्वरमान श्रेष्ठ, हिराबहादुर महर्जन, जयराज अवस्थी र नरेशमान बज्राचार्यले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको जायज अडानका कारण उनीमाथि गम्भीर धम्की दिइएको दाबी गर्दै यसबाट हुने क्षतिको जिम्मेवार वर्तमान सरकार हुने चेतावनी दिएका हुन् ।

‘काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा सञ्चालनका लागि सम्बन्धन दिनसक्ने कलेजको संख्याको सीमा नाघेर पूर्वाधार नै नपुगेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्साशिक्षा आयोगको स्वीकृति दिलाउन विधिको शासन एव. कानूनी राजको उपेक्षा गर्नुमा अलिकति पनि नहिचकिचाउनु ठूलो दुर्भाग्यको कुरा हो,’  विज्ञप्तिमा भनिएको छ ।

दुर्गा प्रसाइँ सञ्चालक रहेको बी एण्ड सीलाई प्रधानमन्त्री केपी ‌ओलीकै दबाबमा अनुमति दिन लागिएको भन्दै मेडिकल शिक्षा सुधारका अभियन्ताहरु तथा डा. गाेबिन्द केसी एलायन्स लगायतले विराेध गरिरहेका छन् । यसै क्रममा उपकुलपतिहरुले पनि यसको बिराेध गरेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *