बेलवारी नगरपालिकाको विवादित बाख्रा खरिद सम्झौता खारेज

विराटनगर । मोरङको बेलबारी नगरपालिकाले बोयर बाख्रा खरिद सम्बन्धि निर्णय खारेज गरेको छ । गत जेठ ३१ गते बसेको ६९औं  नगर कार्यपालिकाको बैठकले बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि सखुवासभाबीच बोयर बाख्रा खरिद सम्बन्धमा २०७८ जेठ ३ गते गरेको सम्झौता खारेज गरेको नगरपालिकाले जनाएको छ ।

कम्पनीसँगको सम्झौतामा बोयर जातका बाख्रा बितरण गर्नुपर्ने भनिएपनि लोकल जातका बाख्रा बााडेको भन्दै आलोचना भएपछि निर्णय नै खारेज गर्नु पर्ने अबस्थामा नगरपालिका पुगेको हो । १ करोड २५ लाखको ठेक्का स्वीकृत गरी सम्झौता भएकोमा बाख्रा तथा उन्नत जातका बोका बितरण गर्ने क्रममा लोकल जातको समेत बाँडेको आरोप नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदी र प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र शाहलाई लाग्दै आएको थियो । बाख्रा तथा बोका बितरणमा अनियमितता भएको बारेमा कुरा उठेपछि नगरपालिकाले गरेको ठेक्का सम्झौता खारेज गरेको हो ।

ग्रो अर्गानिक कृषि प्रालिले ठेक्का बापत जम्मा गरेको जमानत रकम जफतगरी प्रालिलाई कालो सुचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारीस गर्ने निर्णय समेत गरेको नगरपालिकाका प्रबक्ता योगेन्द्र सुबेदीले जानकारी दिए । सुवेदीकाअनुसार नगर कार्यापालिका सदस्य बिन्दुकला गुरुङको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा राष्ट्रिय मान्यताप्राप्त राजनितिकदलको रुपमा रहेका नेकपा एमाले, नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पार्टी पनि रहेका छन् । ग्रो अर्गानिक कृषि प्रालि संखुवासभालाई ठेक्का बापत हालसम्म कुनै प्रकारका रकम भुत्तानी नगरेको नगरपालिकाले दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *