किशोरी बलात्कार आरोपमा युवक पक्राउ

दार्चुला । दार्चुलामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बलात्कार आरोपमा प्रहरीले महाकाली नगरपालिका ७ धापका २५ वर्षीय कपिलराम कोलीलाई पक्राउ गरेको हो ।

जेठ २१ गते पीडित बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा कोलीलाई शनिबार पक्राउ गरिएको दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए । कोलीलाई उनकै घरबाट पक्राउ गरिएको उनले बताए ।

पक्राउ गरिएका आरोपितविरुद्ध जबरजस्तीकरणी उद्योग अन्तर्गत आइतबार मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पीडित किशोरीको आइतबार नै जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्य परीक्षण गरिएको प्रहरी निरीक्षक चन्दले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *