प्रदेश २

मन्त्रीपरिषद् समावेशी बनाउन मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र

काठमाडौं । प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ ले मन्त्रीपरिषद् समावेशी र समानुपातिक सिद्धातअनुसार नभएको भन्दै मुख्यमन्त्रीलाई पत्र पठाएका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेखी प्रमुख झाले संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीको व्यवस्थाअनुसार नै मन्त्रीपरिषद् गठन गर्नुपर्ने भन्दै केही दिनअघि गरिएको मन्त्रीपरिषद् विस्तारमा आफ्नो असन्तुष्टि रहेको जनाएका हुन् ।

प्रमुख झाको पत्रमा भनिएको छ— ‘प्रदेश मन्त्रीपरिषद्को गठन माननीय मुख्यमन्त्रीज्यूको सिफारिसबमोजिम नै हुने भए पनि प्रदेश प्रमुखको हैसियतमा मैले गर्ने भएकाले मन्त्रीपरिषद्को स्वरुप संविधानबमोजिम भए नभएको भन्ने सवालमा मेरो चासो र सरोकार स्वाभाविक र जायज भएकोले यो स्मरणपत्र लेखिएको हो ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *