फिनल्याण्डले डेनमार्कलाई हरायो

काठमाडौँ । युरोकप अन्तर्गत स्थगित भएको डेनमार्क र फिनल्याण्डबीचको खेल गएराती नै सम्पन्न गरिएको छ । डेनमार्कका मिडफिल्डर क्रिस्टियन इरिक्सन मैदानमै ढलेपछि स्थगित गरिएको खेल दुवै टिमका खेलाडीको सहमतिमा पूरा गरिएको हो ।

खेल फिनल्याण्डले १-० ले जितेको छ । फिनल्याण्डका लागि खेलको ५९औं मिनेटमा जोएल पोहजानपालोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यसैबीच इसिक्सनको स्वास्थ्यमा सुधार आएको डेनमार्क फुटबल संघले जानकारी दिएको छ । उनको उपचार जारी रहेपनि उनी बोल्नसक्ने अवस्थामा रहेको संघले जानकारी गराएको छ । उनले परिवार र टिमका सदस्यहरुसँग कुराकानी गरेको बताइएको छ ।

थप पढ्नुस् : खेल्दा खेल्दै के भयो एरिक्सनलाई ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *