खेल्दा खेल्दै के भयो एरिक्सनलाई ?

युरोकप अन्तर्गत डेनमार्क र फिनल्याण्डबिचकाे खेल स्थगित भएको छ। डेनिस खेलाडी क्रिश्टियन एरिक्सन खेल्दा खेल्दै मैदानमा ढलेपछि खेल स्थगित गरिएको छ। अचेत भएर ढलेका उनलाई मैदानमानै सीपीआर (कार्डियोपल्मोनरी रिससिटेशन) गर्दापनि होस नआएपछि अस्पताल लगिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनलाई के भएको हो भनेर आधिकारीक रुपमा केही जानकारी दिइएको छैन।

खेलको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए। करिब १५ मिनेट मैदानमा नै उपचार गरेपनि उनको स्वास्थ्यमा सुधार नहुँदा उनलाई अस्पताल लगिएको छ।

उनको यस्तो अबस्था देख्दा कोपनहेगनमा मैदानमा पुगेका दर्शक स्तब्ध बनेका थिए । धेरै डेनिस समर्थकको आँखामा आँशु थामिएको थिएन।

विश्वभरबाट अहिले एरिक्सनको स्वास्थ्यलाभको कामना गर्दै लाखौं समर्थकले सामाजिक सञ्जालमा प्रार्थना गरिरहेका छन्। उनलाई अस्पताल लगिएसँगै खेलाडीले पनि मैदान छाडेका थिए ।
अवस्था स्थिर
यसैबिच, अस्पताल पुर्याइएका एरिक्सनकाे अवस्था स्थिर रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अस्पताल र डेनमार्क फुटबल एसाेसिएसनलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले एरिक्सनकाे अवस्था स्थिर रहेको बताएका हुन् । कतिपय सञ्चार माध्यमले उनका बुबालाई उल्लेख गर्दै एरिक्सनले अस्पतालमा बाेलेकाे बताएकाे उल्लेख गरेका छन् ।
यस्तै
गेटी इमेजका लागि फ्रेडम्यान भोगेलले खिचेको तस्वीरमा एरिकसनको चेत आएको र आँखा खुलेको देखिएको छ ।

 

यसअघि सन् २०१२ मा बोल्टोन वान्डरर्सका फाब्रिस मुआम्बा मैदानमा एक्कासी लड्दा ७८ मिनेटपछि हाेसमा आएका थिए । त्यसपछि उनले खेल जीवनबाट भने  संन्यास लिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *