जनमोर्चाले भन्यो– गुरुङको दाबी अवैधानिक

काठमाडौं । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशले तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्रीको दाबी अवैधानिक भनेको छ । संसदीय दलकी नेता पियारी थापाले भनिन्— ‘राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलको समर्थन विपक्षी गठबन्धनलाई रहेको र कृष्ण थापा सांसद पदबाट मुक्त भैसकेको अवस्थामा जनमोर्चाको समर्थनसहित एमाले संसदीय दलको नेताले प्रदेश प्रमुखलाई दिएको पत्र अवैधानिक छ ।’

यस्तै दुईजना जनमोर्चा सांसदको समर्थन विपक्षी दललाई भएको थापाले बताएकी छन् । फेसबूकमा एक स्थिति राख्दै थापाले भनेकी छन्— ‘हामी राष्ट्रिय जनमार्चाका दुवै सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनलाई समर्थन गरेको व्यहोरा जानकारी गराइन्छ ।’

यसअघि शनिवार (आज) नै मुख्यमन्त्रीमा तत्कालीन मुख्यमन्त्री गुरुङले पनि दाबी पेश गरेका छन् । गत बिहीबार विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका गुरुङले जनमोर्चाका ३ सांसद र जनता समाजवादी पार्टीका १ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेको जिकिरका साथ प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष पुगेका थिए ।

यसअघि शुक्रवार नै नेपाली कांग्रेसका गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *