राउटे जाति (कविता)

छोडेनौ ती सोझा पवित्र राउटे जातिलाई
कडा कारबाही होस् यस्ता भरौटे जातिलाई ।

मदिरामा मग्न बनायौ एउटा चेलीलाई
लुटन खोज्यौ अस्मिता नालीबेलीलाई
उसका मनका इच्छाहरु सबै मारिदियौ
भाइरल हन सम्झनालाई भारी बनिदियौ ।

बल्ल बल्ल घरभित्रबाट बाहिरिएकी थिइन् उनी
त्यो पशुलाई सजाए देऊ त्यसको जुनी–जुनी पुग्नी
देशमा किन यस्तो भयो
चेलीको इज्जत सबै माटो गयो

वर्षैपिच्छे दुई तीन वटा हिंसा भा’छ
खै यो देशको नियम कानुन कता गा’छ ।
न भेटिन्छन् बलात्कारी न भेटिन्छन् सुन लुटुवा
नेतादेखि पुलिससम्म भए सबै देश लुटवा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *