जीवन (कविता)

जीवन

हिँड्नु, हिँडिरहनु
बग्नु, बगिरहनु
उठ्नु, उठेर पहाड हुनु
हिमाल छुनु
पुगेर माथि–माथि
सगर चुम्नु
तारा टिप्नु
र एकछिन
अडेर त्यतै कतै
हावामा लहरिनु
टाँगेर ध्वजा पतका
विजयको फरफराउनु
अनि ओर्लनु सुस्तरी–सुस्तरी
तल धरामा
र एकदिन
विलिन हुनु माटोमा
हराउनु शून्यमा
र अचानक एकदिन
फेरि अवतरित हुनु
यही धरतीमा
छरेर खुसीका रङ्गीबिरङ्गी
ईन्द्र–धनुषहरु
तृप्त–अतृप्त
यी कोमल अधरहरुमा

प्रतिक्रिया

One thought on “जीवन (कविता)

  1. अहा कति मीठो जीवनको परिभाषा ! कविजीको जय होस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *