म रातलाई प्रेम गर्छु (कविता)

अँध्यारो र रात एउटै होइनन् ।

अँध्यारोलाई चिर्न सकिन्छ
रातलाई प्रेमले बाँध्न सकिन्छ ।

रातसँग डर लाग्दैन मलाई ।

एकरात
रातले मसँग मसाल माग्यो
बारुद र बन्दुक माग्यो
सपना देखायाे
र, मलाई छापामार बनायो ।

त्यसै रातदेखि
म रातसँगै छु
म रातलाई प्रेम गर्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *