सभामुखले आह्वान गरेको बैठक शुरु, प्रधानमन्त्री अनुपस्थित (तस्बिरहरु)

काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको बैठक संसद् भवन नयाँबानेश्वरमा शुरु भएको छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विपक्षी एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादल, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेमकिपा नेता प्रेम सुवालगायतका नेताहरु उपस्थित भएका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित नहुने भएका छन् । प्रधानमन्त्री सचिवालयकाअनुसार सभामुख सापकोटाको पत्राचारबारे बालुवाटार अनभिज्ञ छ । ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने— ‘पत्रबारे जानकारी छैन । उतै सोध्नुस् ।’

समसामयिक विषयमा छलफल गर्नुपर्ने भन्दै गत बुधबार सभामुख सापकोटाले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालगायतकालाई पत्राचार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *