बालुवाटारबाट नागरिक अगुवाहरु पक्राउ (तस्बिरहरु)

काठमाडौं । विरोध प्रदर्शन गर्न बालुवाटार पुगेका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएकोलगायतका सन्दर्भमा विरोध जनाउन बालुवाटार पुगेका उनीहरुलाई प्रहरीले धरकपटपूर्ण पक्राउ गरेको हो ।

प्रहरीले नारायण वाग्ले, खगेन्द्र सिटौला, युग पाठक, घिमिरे युवराजलगायतलाई पक्राउ गरेको हो । उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सर्वोच्च अदालतको समेत निर्णयविपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध गर्दै आएका छन् ।

 

प्रतिक्रिया

One thought on “बालुवाटारबाट नागरिक अगुवाहरु पक्राउ (तस्बिरहरु)

  1. विरोध गर्यो पक्रन्छौ, राम्रो काम गरन सरकार को विरोधमा को उत्रन्छ, कसलाई रहर छ र, कहा छ न्याय, पहिला न्याय नपाए गोरखा जानु भन्थे अहिले कहा जाने सरकार ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *