मुख्यमन्त्री गुरुङ पदमुक्त, विश्वासको मत लिन सकेनन्

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको प्रस्ताव प्राप्त गर्न सकेनन्, योसँगै गुरुङ नेतृत्वको सरकार ढलेको छ ।

प्रदेश सभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेश सभामा विश्वासको मत मागेका थिए । तर उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ ।

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङ्गे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।

यसअघि मुख्यमन्त्री गुरुङले विपक्षी गठबन्धनले प्रदेश सभामा दर्ता गराएको अविश्वास प्रस्ताव छल्न केही घण्टाका लागि राजीनामा दिएर ठूलो दलको नेताका रुपमा पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तत्पश्चात् संवैधानिक व्यवस्थाअनुरुप १ महिनाभित्र मुख्यमन्त्री गुरुङले विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *