त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन झाको निधन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन प्राध्यापक डाक्टर रामनारायण झाको निधन भएको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले झाको निधनप्रति श्रद्धाञ्जली दिँदै दुःख व्यक्त गरेको छ । डा झा त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि प्राध्यापकको अध्यापन पेशामा रही हाल विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिनको रुपमा रहेका थिए ।

झाको निधनले विश्वविद्यालय र अन्य अध्ययन संस्थानमा अपूरणीय क्षति पुगेको संस्थानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *