प्रदेश १ सरकारको निर्णय : नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

विराटनगर । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (बिहीबार) दिउँसो ल्याउने भएको छ ।

आज बिहान ११ बजे बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको ड्राफ्टलाई पारित गर्दै आजै दिउँसो प्रदेश प्रमुखबाट प्रदेश सभामा पेश हुने प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बताए ।

प्रदेश सरकारको आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमको बारेको एकमात्र एजेण्डामा छलफल भएको मन्त्री कार्कीले जानकारी दिए । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *