प्रदेश २ मा नीति तथा कार्यक्रम आज

जनकपुरधाम । प्रदेश २ मा आज अगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ ।

प्रदेशसभा बैठकमा दिउँसो २ बजे प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बुधबारको प्रदेशसभा बैठकमा सभामुख सरोज कुमार यादवले बिहीबार दिउँसो २ बजे प्रदेश प्रमुखबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिएका थिए ।

नीति तथा कार्यक्रमका लागि समयमै सबै सांसदलाई उपस्थित हुन सभामुख सरोज कुमार यादवले प्रदेशसभा बैठकमै पूर्व सूचना पढेर सुनाएका थिए । प्रदेश २ सरकारले यसपटक नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ ।

नीति तथा कार्यक्रम पछि प्रि-बजेट छलफल गर्ने परम्परा भएपनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रमलाई पछाडि धकेलिएको संसद सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *