दश दिनमा बनाएँ भनेको अस्पतालमा बिरामी खै ? : प्रमुख सचेतक कार्की

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ सभाका प्रमुख सचेतक केदार कार्कीले सरकारका काम कार्बाहीको आलोचना गरेका छन् । विशेष समय लिएर बोल्दै प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकार खोज्दै विभिन्न ठाउँमा जानुपर्ने अवस्था आएको बताए ।

उनले सरकार खोज्दै प्रदेश प्रमुखकोमा जानुपरेको र विपक्षी एक ठाउँमा उभिनुपरेको बताए । आफैंले बनाएको ऐन, नियम थाहा नपाउने, गाडी, कुर्सी, झण्डा र परिवारको मात्र चिन्ता सरकारमा बस्नेहरुमा रहेको आरोप लगाए ।

‘दश दिनमा बनाएँ भनेको अस्पतालमा बेड छ ? बिरामी छन् ? उपचार भएको छ ?,’ उनले प्रश्न गरे, ‘प्रदेश सभामा आएर झुटको खेती मुख्यमन्त्रीज्यूले गर्नुभएको छ ।’

नागरिक केयर सेन्टरले बनाएको अस्पतालाई मैले बनाएको भनेको भन्ने तर १० दिनमा बनाएको भनेर नागरिकको करबाट बनाइएको अस्पताल बन्द गराएको उनको तर्क छ। नागरिक केयर सेन्टरले निर्माण गरेको ९६ बेडको अस्पताललाई सरकारले भजाएको पनि उनको आरोप छ । जनताको करबाट बनाएको अस्पताल आज किन बन्द छ ?’ उनले प्रश्न गरे, ‘२ लाख धरौटी नराखी उपचार नगर्ने अस्पतालमा बिरामीलाई किन पठाइयो ?’

नागरिकका समस्याको बारेमा सामाजिक समितिले बोलाएको बेलामा सामाजिक विकासमन्त्री नआएको गुनासो सुनाउँदै कार्कीले रेमडिसिभिरको अभाव र बढी रकम लिएका अस्पतालको बारेमा जानकारी दिँदा समेत बेवास्ता गरेको कार्कीले सदनमा जानकारी गराए । कोभिडको नाममा ५० करोड छुट्याएको रकमको बारेमा पनि हिसाबकिताब सदन उनले माग गरे । ‘सांसदलाई गाली खुवाउने बाहेक काम कुनैपनि काम सरकारले गरेन,’ उनले भने, ‘सरकारले हामीलाई जहिल्यैपनि सरकार छ भन्ने विस्वास दिलाउन सकेन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *