फ्रान्सको जितमा जिरउडको दुई गोल

काठमाडाैँ । युरोकपको तयारीमा रहेको फ्रान्सले प्रतियोगिता अघिको अन्तिम मैत्रिपुर्ण खेलमा बुल्गेरियामाथि ३-० को सहज जित हासिल गरेको छ । फ्रान्सको सहज जितमा ओलिभर जिरउडले दुई गोल गर्दा एन्टोनि ग्रिजम्यानले एक गोल गरे ।

२९ औँ मिनेटमा ग्रिजम्यानको गोल मार्फत फ्रान्सले सुरुवाति अग्रता लिएको थियो । अधिकासं समय १-० को अग्रतामा रहेको फ्रान्सका लागि अन्तिम ७ मिनेटमा जिरउडले दुई गोल गरे । सब्सटिच्युट खेलाडीका रुपमा मैदान आएका जिरउडले ८३ र ९० औँ मिनेटमा गोल गर्दै टिमलाई सहज जित दिलाए ।

विश्व विजेता फ्रान्स युरोकप २०२० को समूह एफ मा छ । उसले जुन १५ मा आफ्नो पहिलो खेलमा जर्मनीको सामना गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *