मेडभेडेभलाई पराजित गर्दै स्टेफानोस सेमिफाइनलमा

काठमाडाैँ । फ्रेन्च ओपन टेनिसमा पाँचौँ वरीयताका ग्रीक खेलाडी स्टेफानोस सिट्सिपास सेमिफाइनलमा प्रवेश गरेका छन् । रुसी खेलाडी डानिल मेड्भेडेभलाई ६-३, ७-६ (७-३) र ७-५ को सेटमा पराजित गर्दै स्टेफानोसले अन्तिम चारमा स्थान बनाएका हुन् ।

स्टेफानोस लगातार तेस्रोपटक ग्राण्डसलामको सेमिफाइनलमा प्रवेश गर्न सफल भए । २२ वर्षका युवा स्टार स्टेफानोसले छैटौं वरीयताका जर्मन खेलाडी एलेक्सान्डर जेरेभसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।

स्पेनिस एलेहान्ड्रो डेविडोविक फोकिनालाई ६-४, ६-१ र ६-१ को सेटमा पराजित गर्दै जेरेभ पहिलोपटक अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् । स्टेफानोस र २४ वर्षका एलेहान्ड्रो दुवै पहिलो ग्राण्डसलाम उपाधि जित्ने ध्याउनमा रहेका छन् ।

जित पछि दुबैले सेमिफाइनलमा थप राम्रो खेल्दै फाइनल यात्रा तय गर्नका लागि प्रतिष्पर्धा गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *