विश्वका चर्चित समाचार वेबसाइटहरू अवरुद्ध

काठमाडौं । विश्वभरका धेरै वेबसाइटहरू बन्द भएका छन् । फाइनान्सियल टाइम्स, सिएनएन, ब्लूमबर्ग न्यूज, न्यूयोर्क टाइम्सलगायतका वेबसाइट बन्द भएका हुन् ।

त्यस्तै कतारमा रहेको अलजजिरा मिडिया नेटवर्कमा पनि समस्या आएको थियो । न्यूज साइटहरूसँगै अमेजनको अफिसियल साइटमा पनि समस्या देखिएको थियो भने बेलायती सरकारको मूख्य वेबसाइट पनि देखिएको थिएन ।

सबैभन्दा पहिला फ्रान्सको ले मोन्डे न्युजपेपरमा समस्या देखिएको थियो भने बिस्तारै विश्वका अन्य चर्चित वेबसाइटमा समस्या देखिन थालेको अलजजिराले जनाएको छ ।

बिबिसी र न्यूयोर्क टाइम्सको वेबसाइटमा एकछिन एक्सेस नभएपनि केहीबेरमा चल्न थालेको थियो । बन्द भएका वेबसाइट खोल्दा ‘एरर ५०३ सर्भिस अनएभेलेवल’ र ‘कनेक्सन फेलियर’ भनेर देखिने गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *