संस्कृतिविद् एकारामको निधन

काठमाडौं । कलाकार तथा संस्कृतिविद् एकाराम सिंहको कोरोना संक्रमणका कारण निधन भएको छ । वैशाख ३१ गते कपनस्थित करुणा अस्पतालको आइसीयूमा रहेर उपचाररत ५३ वर्षीय सिंहको सोमबार निधन भएको हो ।

२०२५ सालमा जन्मिएका एकाराम सिंह बाल साहित्य चित्रांकनमा स्थापित नाम हो । दर्जनौं पुस्तकमा चित्राङ्कनका साथै सांस्कृतिक लेखनसमेत गर्दै आएका सिंहका तीन बाल साहित्य कृति प्रकाशित छन् । पछिल्लो पटक ‘मूर्ति बनायो, हात गुमायो’ चित्र कथा प्रकाशित भएको थियो ।

उनले लिच्छविकालीन, मल्लकालीन, राणा कालदेखि शाह राजासम्मको समयका चित्र साथै विभिन्न देवीदेवताका चित्रहरू कोरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *