जर्मनिको फराकिलो जित

काठमाडाैँ । युरोकपको तयारीमा रहेको जर्मनिले अन्तिम वार्मअप खेलमा लाटभियामाथि प्रभावसालि जित निकालेको छ । थोमस मुलरले दुईवर्षपछि अन्तगराष्ट्रिय गोल गरेको खेलमा लाटभिया ७-१ ले पराजित भयो ।

पहिलो हाफमानै पाँच गोलको अग्रता बनाएको जर्मनिले दोस्रो हाफमा थप दुई गोल थप्यो । दोस्रो हामा लाटभियाले पनि एक गोल फर्काएको थियो । पहिलो हाफमा गोसेन्स, गुन्डोगान, मुलर, गाब्रयले गोल गर्दा ओजल्सले आत्माघाति गोल गर्दै जर्मनिलाई पाँच गोलको अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा वेरनर र सानेले गोल थपे लाटभीयाका सेभिलजेभ्सले एक गोल फर्काएका थिए । कप्तान म्यानुअल नुएर १०० क्याप जित्ने पहिलो जर्मन गोलरक्षक भएका छन् । जर्मनि छोड्न लागेका प्रशिक्षक जोचिम लोले डेनमार्कसँग १-१ गोलको बराबरी खेल्दा भन्दा सोमबारको खेलमा चार खेलाडीले परिवर्तन गरेका थिए ।

जर्मनिले युरोको सुरूवात विश्व च्याम्पियन फ्रान्ससँगको खेलबाट गर्दै छ । समुह एफ मा रहेको जर्मनिले १५ जुनमा फ्रान्सँग खेल्ने छ । त्यस्तै समुहमा पोर्चुगल र हंगेरी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *