नाडाल र जोकोभिच क्वाटरफाइनलमा

काठमाडाैँ । फ्रेन्च ओपन टेनिसमा स्टार खेलाडीहरु राफेल नाडाल र नोभाक जोकोभिच क्वाटर फाइनलमा स्थान बनाउन सफल भएका छन् ।

विश्व नम्बर एक जोकोभिचले संघर्षपुर्ण खेलमा ७६ औँ बरियताका १९ वर्षका लोरेन्जो मुसेत्तीलाई पराजित गरे । उनले मुसेत्तीलाई ६-७ (७-९), ६-७ (२-७), ६-१, ६-० र ४-० ले पराजित गरे ।

यस्तै राफेल नाडालले जानिक सिनरलाई ७-५, ६-३ र ६-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए । नाडालले अर्को खेलमा डियोगो स्वार्टम्यानसँग प्रतिष्पर्धा गर्ने छन् । साविक च्याम्पियन नाडाल कीर्तिमानि २१ औ ग्रान्डसलामको खोजिमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *