नेपालमाथि जोर्डनको सहज जित

काठमाडौं । विश्वकप तथा एसियन कप छनोटको सातौं खेलमा जोर्डनले नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको छ । एकपक्षीय खेलमा ३-० को जित दर्ता गर्दै जोर्डन समूहको दोस्रो स्थानमा उक्लिएको छ ।

आजको खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत अग्रता लियो । रोहित चन्दले सुलेमानलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै रेफ्रीले पेनाल्टी दिएपछि बाहा फैसल सेफले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाए ।

योसँगै पहिलो हाफ १-० को अन्तरमा सकियो । दोस्रो हाफको सुरुवातमै जोर्डनले २-१ को अग्रता लियो । त्यस्तै ६८ औं मिनेटमा जोर्डनले ३-० को अग्रता लियो । छोटो फ्रिकिकमा जोर्डनले उत्कृष्ट मुभ बनाउँदै गोल गरेको थियो । याजान अलअरबले सहजै हेडरमार्फत गोल गरेका थिए ।

यो जितसँगै जोर्डनको ६ खेलमा १३ अंक पुगेको छ भने कुवेत समान खेलमा १० अंकसहित तेस्रो स्थानमा छ । नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउनका लागिकम्तिमा अर्को खेलमा जित हासिल गरेर अन्य समूहको नतिजाको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

नेपालले अब अर्को खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ९:४५ सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *