पहिलो हाफमा नेपाल १-० ले पछाडि

काठमाडौं । पहिलो हाफसम्म विश्वकप तथा एसियन कप फूटबलको छनौट खेलमा नेपाल जोर्डनसँग १-० ले पछि परेको छ ।

खेलको २४ औँ मिनेटमा जोर्डनले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता लिएपछि जोर्डनले १-० ले अग्रता लिएको हो । जोर्डनी खेलाडीलाई रोहित चन्दले डिबक्समा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो ।

पहिलो हाफमा जोर्डनले कम्तिमा आधा दर्जन प्रहार गरेपनि गोल भने एकभन्दा बढी गर्न सकेन । जोर्डनी खेलाडीका धेरै प्रहार गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।

केही प्रहार फितला रहेपनि नेपालले भने जोर्डनको पोस्टमा एउटा पनि प्रहार गर्न सकेन । पहिलो हाफको अन्तिम समयतिर पाएको फ्री किक प्रहार गरे पनि जोर्डनका किपरले उक्त फ्री किकलाई सजिलै बचाएका थिए ।

नेपालका विकाश खवास घाइते भएर मैदानबाट बाहिरिएपछि सुनिल बल मैदान प्रवेश गरेका थिए । नेपालले आज विकाशसहित, दिनेश राजवंशी र अभिषेक रिजाललाई शुरुवाती ११ मा खेलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *