नेपालकाे शुरुवाती ११ मा तीन खेलाडी परिवर्तन

काठमाडौं । विश्वकप तथा एसियाली कप छनाेट खेलमा जाेर्डनसँग खेल्न लागेकाे नेपालले चाइनिज ताइपेइसँगकाे खेलमा भन्दा तीन जना खेलाडी परिवर्तन गरेकाे छ ।

छनोटअन्तर्गत सातौं खेलमा जोर्डनविरुद्ध खेल्न लागेकाे नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शुरुवाती ११ मा सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठकाे ठाउँमा अभिषेक रिजाल, दिनेश राजवंशी र विकास खवासलाई राखेका हुन् ।

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन् । डिफेन्समा अनन्त तामाङ र रोहित चन्द छन् । विकास खवास र दिनेश राजवंशीले विंग ब्याकमा खेल्नेछन् । सुमन अर्याल, पुजन उपरकोटी र सन्तोष तामाङले मिडफिल्ड सम्हाल्नेछन् । सुमन लामा अभिषेक रिजाल र अन्जन विष्ट स्ट्राइकर रहनेछन् ।

खेल नेपाली समय अनुसार साेमबार राती पाैने १० बजेपछि कुबेतकाे कुबेत सिटीमा शुरु हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *