नेविसंघद्वारा सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोमबार काठमाडौंको पुरानो सिनामंगल (पेप्सिकोला) मा सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ ।

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षीय केही नेतासहित मन्त्रिपरिषद् पुनर्गठन गरेको र नवनियुक्त उपप्रधान तथा  सहरी विकासमन्त्री राजेन्द्र महतोले दिएको बहुल राष्ट्रवादको अभिव्यक्तिको विरोधमा सोमबार नेविसंघ सम्बद्ध कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेका हुन् । प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *