अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस ग्वाटेमालामा

ग्वाटेमाला सिटी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस उपराष्ट्रपतिका हैसियतमा पहिलो विदेश भ्रमणका सिलसिलामा ग्वाटेमाला आइपुगेका छन् । उनी ग्वाटेमालाको भ्रमणपछि मेक्सिको प्रस्थान गर्नेछिन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष दूतका रुपमा उपराष्ट्रपतिले ती दुई मुलुकको भ्रमण गर्न लागेका हुन् । उपराष्ट्रपति ह्यारिसले खासगरी सीमा वारपार भइरहेको तस्करी नियन्त्रणका उपायहरु घोषणा गर्नेछिन् । साथै उनले भ्रष्टाचार नियन्त्रणका उपायहरुबारे पनि अमेरिकी धारणा सार्वजनिक गर्नेछिन् ।

राष्ट्रपति बाइडेनले उपराष्ट्रपति ह्यारिसलाई अमेरिका–मेक्सिको सीमामा उत्पन्न आप्रवासनका ठोस कारणहरु पत्ता लगाई त्यसको निराकरणका उपाय पहिल्याउन विशेष जिम्मेवारी दिएका छन् । उपराष्ट्रपतिका सल्लाहकार टोलीका अनुसार ग्वाटेमालाका राष्ट्रपति अलेज्यान्ड्रो जियामाट्टीसँग सोमबार तथा मेक्सिकोका राष्ट्रपति आन्द्रेस मेनुअल लोपेज ओब्राडोरसँग मङ्गलबार हुने बैठकमा खासगरी भ्रष्टाचार नियन्त्रणका उपायका बारेमा छलफल हुनेछ ।

विशेषदूत रिकार्डो जुनिगाले मध्य अमेरिकी राष्ट्रहरुमा कूल गार्हस्थ्य उत्पादनको ठूलो हिस्सा भ्रष्टाचार हुने गरेको भन्दै चिन्ता व्यक्त गरे । उनले अमेरिकाले भ्रष्टाचार नियन्त्रणलाई सर्वाधिक महत्व दिइरहेको छ भने ।

उपराष्ट्रपति ह्यारिस आइतबार अबेर ग्वाटेमाला सिटी आइपुग्नु भएको थियो । उहाँलाई ग्वाटेमालाका विदेश मन्त्री पेड्रो ब्रोलोले स्वागत गरेका थिए ।

ह्यारिसले ग्वाटेमाला र मेक्सिकोबाट सीमा सुरक्षा र आर्थिक लगानीका क्षेत्रमा व्यापक सहयोगको प्रतिबद्धता चाहेका थिए । भ्रमणका क्रममा उनले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने बारेमा पनि छलफल गर्नेछिन् । अमेरिकाले ग्वाटेमालालाई पाँच लाख तथा मेक्सिकोलाई १० लाख डोज खोप दिने घोषणा गरिसकेको छ ।

मध्य अमेरिकी राष्ट्रहरू होन्डुरस र एल साल्भाडोरबाट हुने मानव पलायनले पनि अमेरिकी सीमामा तनावको वातावरण सिर्जना गर्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *