के भारतबाट सर्दैछ टी-२० विश्वकप ?

काठमाडोैं । भारतमा अक्टोबर-नोभेम्बरमा हुने तय भएको टी-२० विश्वकप युएई र ओमानमा स्थान्तरण हुने सम्भावना बढेको छ।

बिसीसीआईले भारतमा बढ्दो कोरोना संक्रमणको कारण देखाउँदै आईसीसीसँग आयोजक बिसीसीआई नै रहनेगरी युएई र ओमानमा प्रतियोगिता सार्नका लागि प्रयास गरिरहेको न्युज एजेन्सी पिटीआई (प्रेस ट्रस्ट अफ इन्डिया) ले दाबी गरेको हो ।

युएई सधैँ पहिलो विकल्प भएपनि अक्टोबरको अन्तिम साता हुने प्रतियोगिताका लागि ओमानको राजधानी मस्कटलाई अबुधावी, दुबई तथा शारजाहपछि चौथो स्थानमा राखिएको छ। आईसीसीका वरिष्ठ अधिकारीको हवाला दिँदै पिटीआईले बताएको छ ।

बिसीसीआईले अन्तिम निर्णयका लागि बोर्डसँग चार साताको समय मागेको छ । तर आन्तरिक रूपमा उनीहरूले आयोजकका रूपमा आफूहरूनै रहने तर प्रतियोगिता भने दुबई र ओमानमा भएपनि फरक नपर्ने बताएका छन् ।

ओमानलाई भने पहिलो चरणमा हुने १६ टीमबीचको प्रतिस्पर्धाका लागि जोडिने जनाइएको छ । आईसीसी बोर्डका अधिकांश सदस्य भारतमा प्रतियोगिता नहुने निचोडमा पुगेका छन् ।

किनभने अहिलेपनि प्रतिदिन १ लाख २० हजार बढी संक्रमण देखिएको र रिपोर्टहरूले प्रतियोगिता तोकिएको समयमा तेस्रो लहरको महामारी सुरु हुने चेतावनी दिएकाले पनि प्रतियोगिता हुने सम्भावना कमजोर रहेको बताएका छन् ।

साथै उनले भारतमा प्रतियोगिता जबरजस्ती गर्न खोजिए विदेशी खेलाडी नआउने सम्भावना रहेको र बिसीसीआईले आईपिएल पनि युएइमा गर्न खोजिरहेकाले उताबाटै विश्वकप खेल्ने विदेशी खेलाडीको सम्भावना रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *