इंग्ल्यान्डको संघर्षपूर्ण जित

काठमाडाैँ । युरोकपको तयारीमा रहेको इंग्ल्यान्डले आइतबार राति भएको खेलमा रोमानियालाई १-० ले पराजित गरेको छ । इंग्ल्यान्डका लागि एकमात्र गोल म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कस रासफोर्डले गरे । ६८औं मिनेटमा उनले पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्दा रोमानिया पराजित भयो ।

प्रशिक्षक ग्यारेथ साउथगेटले युरो अघिका मैत्रीपूर्ण खेलमा निरन्तर खेलाडी परिक्षण गरे । रोमानियाविरुद्ध पनि उनले युरोका लागि घोषित २६ टीम बाहेकका तीन खेलाडीलाई मैदानमा पठाए । बेन गोडफ्रि, बेन ह्वाइट र जेम्स वार्ड प्रउज घोषित २६ जनाको स्क्वाड बाहिरबाट रोमानिया विरुद्ध खेलेका थिए ।

इंग्ल्यान्डविरुद्ध रोमानियाले राम्रा प्रहारहरु गरेको थियो । दुई पटकका प्रहार पोलमा लाग्दा संभावित गोलको अवसरबाट रोमानिया बन्चित भयो । तर ६८औं  मिनेटमा ज्याक गार्लिसलाई टीबेरिय कपुसले फल गरेपछि पाएको पेनल्टीलाई रासफोर्डले गोलमा परीणत गरेका थिए ।

खेलमा रासफोर्डलाई क्याप्टेन आर्म बेन्ड दिइएको थियो । उनी अश्वेत खेलाडीका रुपमा इंग्ल्यान्डको कप्तानि भुमिका निर्वाह गर्ने सर्वाधिक कम उमेरका खेलाडी पनि बने । उनी २३ वर्ष २१८ दिनमा इंग्ल्यान्ड टीमको कप्तानको जिम्म्वारीमा रहे ।

युरोमा समुह डि मा रहेको इंग्ल्यान्डले समुहचरणमा क्रोएसिया, स्कटल्यान्ड र चेक रिपब्लिक विरुद्ध प्रतिष्पर्धा गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *