चोटको कारण देखाउँदै फेडेररले छोडे फ्रेन्च ओपन

काठमाडाैँ । २० पटकका ग्रान्डसलाम विजेता स्वीस स्टार रोजर फेडेररले फ्रेन्च ओपन छोड्ने निर्णय गरेका छन् । शनिबार तेस्रो चरणमा लामो समय प्रतिष्पर्धा गरेर जित निकालेपछि उनी थकित देखिएका थिए । घुँडाको चोट बल्झीएपछि उनले कोर्ट छाड्ने निर्णय लिएका हुन् ।

फेडेररलाई पछिल्लो डेढ वर्ष यता घुँडाको चोटले सताएको छ । उनले दुई पटक सर्जरी समेत गराइसकेका छन् । शनिबार डोमिनिक कोएफ विरुद्ध ३ घन्टा बढी कोर्टमा संघर्ष गरेर जित निकालेका फेडेररले खेलपछि नै प्रतियोगिताको अघिल्लो चरण खेल्ने नखेल्ने स्टाफ र डक्टरसंगको सल्लाहमा निर्णय गर्ने बताएका थिए ।

आतबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताबाट बाहिरीने निर्णयमा पुगेको बताएका हुन् । फेडेररले भने ‘घुँडाको दुईओटा सर्जरी र एकवर्षको रिहाबिलीटेसन पछि मैले आफ्नो शरिरको आवाज सुन्नु पर्ने भएको छ । मैले जवर्जस्ती रुपमा अगाडि शरिरलाई धकेल्न सक्दिन ।’ निरन्तर चोटका कारण स्तब्ध बन्दै आएका फेडेररको यो पछिल्लो डेढ वर्षमा यो तेस्रो प्रतियोगिता थियो ।

उनले यो वर्षको सुरुवातमा कतार ओपन खेलेका थिए जहाँ सुरुवातमानै बाहिरिएका थिए । अब अर्को महिना हुने विम्बल्डनमा उनी कोर्टमा फर्कने संभावना छ । २८ जुनबाट सुरु हुने प्रतियोगिता उनको अन्तिम ग्रान्डसलाम हुनसक्ने जनाईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *