फ्रेन्च ओपनबाट बाहिरिइन सेरेना

काठमाडाैँ । सेरेना विलियम्स फ्रेन्च ओपनबाट बाहिरिएकी छिन् । चौंथो चरणमा भएको प्रतिष्पर्धामा सेरेना युवा खेलाडी एलेना रायबाकिनासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरीइन ।

२१ वर्षीया रायबाकिनाले ले सेरेनालाई ६-३ र ७-५ को सेटमा पराजित गरिन् । यो सँगै प्रतियाेगितामा २३ पल्टकी ग्रान्ड स्लाम विजेता खेलाडीको चुनौती समाप्त भएको छ भने मार्गरेट कोर्टको २४ ग्रान्ड स्लाम उपाधिकाे बराबरी गर्ने अवसरबाट पनि सेरेना कम्तिमा यसपटकका लागि बञ्चित भएकी छिन्।

अनास्टिसा पाभचेन्कोभा भने एक दशकयता पहिलो पल्ट क्वाटरफाइनल पुगिन् । यसका लागि उनले १५ औं वरीयताका भिक्टोरिया अजरेन्कालाई ५-७, ६-३ र ६-२ ले हराइन् । पुरुषतर्फ एलेक्जान्डर जाभरेभले केयी निकशिकोरीलाई सोझो सेटमा ६-४, ६-१ र ६-१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *