प्रदेश २ का चार मन्त्री बर्खास्त

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चारजना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री राउतले राजपा बाट प्रतिनिधित्व गर्ने एक मन्त्री र ३ राज्य मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

भौतिक पुर्वाधार तथा व्यवस्था मन्त्री जितेन्द्र सोनल, राज्य मन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा तथा उद्योग, वन तथा पर्यटन राज्य मन्त्री सुरेश मण्डललाई बर्खास्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्राले जानकारी दिए ।

उनीहरु चारैजना जसपामा महन्थ ठाकुर र राजेन्द्र महताे पक्षका हुन् । यसअघि आइतबार दिउँसै जसपाकाे बैठकले राउतलाई संसदीय दलकाे नेता चयन गरेकाे थियाे ।

केन्द्रमा ठाकुर-महताे पक्ष केपी ओली नेतृत्वकाे सरकारमा गएपछि जसपाकाे बिबाद चर्किएकाे छ । यसैकाे प्रभाव प्रदेश नम्बर २ मा पनि देखिएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *