कार दुर्घटना गराएको अभियोगमा सांसद कार्कीका छोरा पक्राउ

विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडमा गत बिहीबार कार दुर्घटना गराएको अभियोगमा प्रदेश सभा सांसद विन्दिया कार्कीका छोरा कार चालक रविन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत बिहीबार कार हाँक्ने क्रममा पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का व्यक्ति घाइते भएका थिए । त्यसपछि कार्की फरार थिए ।
उनले रक्सीले मातेर कार चलाउँदा त्यसको ठक्करबाट उनको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनापछि फरार रहेका चालक कार्कीलाई आइतबार अपराह्न उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार राती साढे सात बजे सांसद कार्कीले चलाउँदै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको घटनास्थलमै मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =