रामदली गाउँदै, मकै गोड्दै [भिडियो]

काठमाडाैँ । तराई क्षेत्रमा यतिबेला बर्खे मकै गोड्ने समय भएको छ । भदौमा पाक्ने मकै गोड्न यतिबेला किसानलाई भ्याइनभ्याइ छ ।

पछिल्लो सयम वैकल्पिक खेतीतर्फ किसान आकर्षिक हुने क्रम बढेपनि परम्परागत खेती गर्ने क्रम पनि चलिरहेकाे छ । रामदली गाउँदै मकै गोड्ने पुरानो चलन हो । यो चलन धेरै ठाउँमा हराएपनि कतिपय ठाउँमा अझै हराएको छैन ।

सर्लाहीको हरिवन क्षेत्रमा पनि किसान रामदली गाउँदै मकै गोडिरहेका भेटिन्छन् । हरिवन ८ बेतालीमा किसान रामदली गाउँदै मकै गाेडिरहेका छन् ।

महिला पुरुषले रामदलीकाे रमाइलाेमा रमाउँदै मकै गाेड्दा थकान महसुस नहुने र मेलो सरेको पनि पत्तै नहुने उनीहरु बताउँछन् । रामदलीमा गाउँदै मकै गाेडिरहेका स्थानीय जितबहादुर गुर्मछानले भने, ‘रामदली गाउँदै मकै गोड्दा मेलो पनि सर्छ, अल्छी पनि मर्छ।’

भिडियो :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *