नाडाल बने एउटै ग्रान्डसलाममा सर्वाधिक खेल जित्ने खेलाडी

काठमाडौँ । फ्रेन्च ओपनका साविक च्याम्पियन राफेल नाडालको जारी सिजनपनि उत्कृष्ट प्रदर्शन जारी छ । उनले शनिबार भएको खेलमा सहज रुपमा चौथो चरणमा स्थान बनाए । योसँगै उनले एकै ग्रान्डसलाममा सर्वाधिक धेरै खेल खेल जित्ने कीर्तिमान बनाए ।

नाडालले आफ्नो करिअरमा १६औं पटक फ्रेन्च ओपनको चौथो चरणमा स्थान सुरक्षीत गरे । उनले तेस्रो चरणमा ब्रृटिस क्यामेरोन नोरिएलाई पराजित गरेर अघिल्लो चरणमा स्थान पक्का गरेका हुन् । तेस्रो वरीयता प्राप्त १३ पटकका च्याम्पियन नाडालले २५ वर्षका नोरिएलाई ६-३, ६-३ र ६-३ को सोझो सेटमा पराजित गरे ।

जितसँगै उनी २१ औं ग्रान्डसलाम जित्ने अभियानमा एक कदम अघि बढेका छन् । अब अन्तिम ८ मा स्थान बनाउनका लागि इटालिका यानिक सिनरसँग प्रतिष्पर्धा गर्ने छन् । तेस्रो वरीयता प्राप्त स्पेनिश खेलाडीले एकै ग्रान्डसलाममा सर्वाधिक धेरै खेल जित्ने कीर्तिमान बनाए । उनले नाममा अहिलेसम्म २००५ देखी यता फ्रेन्च ओपनमा १०३ जित निकालेका छन् । उनले केवल २ हार ब्योहोरेका छन् । उनी फ्रेन्च ओपनका सर्वाधिक सफल खेलाडी हुन् । उनले १३ पटक यो उपाधि जितिसकेका छन् ।

जोकोभिच लगातार १२ औं सिजन चौंथो चरणमा
सर्वियन टेनिस स्टार नोभाक जोकोभिचले फेडेरर र नाडालको उपलब्धि पछ्याइरहेका छन् । उनले शनिबार आफ्नो नाममा नयाँ इतिहास बनाए उनी लगातार १२ सिजन चौंथो चरणमा प्रवेश गरे ।

शीर्ष वरीयता का जोकोभिचले जारी प्रतियोगितामा अहिलेसम्म कुनैपनि सेट गुमाएका छैनन् । उनले तेस्रो चरणमा ९३औं वरीयता प्राप्त रिकार्डस बेरान्किन्सलाई ६-१, ६-४ र ६-१ को सोझो सेटमा पराजित गरे । पेरिसमा जोकोभिच भन्दा अघि २००५ देखी २०१५ सम्म नाडाल र फेडेररले लगातार चौंथो चरण पुगेका थिए ।

३४ वर्षीय जोकोभिच दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्ने ध्याउनमा रहेका छन् । समग्रमा १९औं ग्रान्डसलामको खोजीमा रहेका उनी नाडाल र फेडेरर भन्दा दुई ग्रान्डसलामले पछि छन् । जोकोभिचले १९ वर्षीय युवा खेलाडी लोरेंजो मुसेट्टीसँग अन्तिम ८ का लागि प्रतिस्पर्धा गर्नै छन् । १९ वर्षीय लोरेंज भने करिअरको पहिलो ग्रान्डसलाम खेल्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *