संसद् विघटन

प्रधानन्यायाधीशले बनाए नयाँ संवैधानिक इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गरेका छन् । संसद् विघटनलगायतका विषयमा सर्वोच्चमा परेका ३० वटा रिटउपर आइतबार (आज) बाट यही इजलासमा लगातार सुनुवाइ हुनेछ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन् । यसअघि प्रधानन्यायाधीश जबराले गठन गरेको संवैधानिक इजलासमा रिट निवेदकतर्फका वकिलले आपत्ति जनाएका थिए ।

सर्बाेच्चका न्यायाधीसहरुकाे बरिष्ठतामा खतिवडाभन्दा अघि हरिकृष्ण कार्की रहेपनि कार्की प्रधानमन्त्री केपी शर्मा ओलीकाे महान्यायाधीवक्ता बनिसकेकाे भन्दै यसअघि कै मुद्दामा कानून ब्यवसायीले आपत्ति जनाएपछि न्यायाधीस कार्की इजलासबाट बाहिरिएका थिए । यसपटक पन आफूलाई त्यही प्रश्न आउने भएकाले उनले  इजलासमा नबस्ने बताएपछि छैठौं वरीयताका न्यायाधीश खतिवडा संवैधानिक इजलासमा परेका हुन्। त्यस्तै वरिष्ठ पाँच मै पर्ने अर्का न्यायाधीश विश्वम्भर श्रेष्ठ बिरामी भइ अनुपस्थित भएकाले सातौं वरीयताका आनन्दमोहन भट्टराई इजलासमा परेका हुन्।

इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यी मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेपछि विवाद भएको थियो । न्यायाधीश केसी र श्रेष्ठले आफूहरूमाथि प्रश्न उठे पनि इजलासमा कायम रहने निर्णय गरेपछि इजलासमा रहेका अरू दुई न्यायाधीश डा. आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले आफूहरू  इजलासबाट अलग हुने निर्णय गरेका थिए ।

सर्वोच्च बारका पदाधिकारीसँगको छलफल र सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट) मा  प्रधानन्यायाधीश जबराले अबको संवैधानिक इजलास रोष्टरमा रहेका न्यायाधीशमध्ये वरिष्ठताका आधारमा गठन गर्ने सहमति जनाएका थिए ।

त्यसपछि नागरिकतासम्बन्धि रिटकाे सुनुवाई गर्ने क्रममा पनि प्रधानन्यायाधीस राणाले बरिष्ठताकै आधारमा इजलास गठन गरेका थिए । यसअघि प्रधानन्यायाधीस राणााले तजबिजी रुपमा संबैधानिक इजलास गठन गरेकाे भन्दै चर्काे आलाेचना हुने गरेकाे थियाे । आलाेचनाकाबिच  प्रधानन्यायाधीस राणाले तजबिजी रुपमै संबैधानिक इजलासका न्यायाधीस ताेक्ने गरेकाेमा पछिल्लाेपटक आलाेचनाले चर्काेरुप लिएकाे र इजलासकै न्यायाधीसले बाहिरिने निर्णय गरेपछि राणा बरिष्ठताका आधारमा इजलास गठन गर्न बाध्य भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *