फेडेरर फ्रेन्च ओपनको चौथो चरणमा

काठमाडौँ । टेनिस स्टार रोजर फेडेरर र राफले नाडाल फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । प्रतिष्पर्धात्मक सेटमा स्वीस स्टार फेडेररले जर्मनीका डोमिनिक कोएफरलाई पराजित गरेका हुन् ।
३९ वर्षीय फेडेररले ७-६ (७-५), ६-७ (३-७), ७-६ (७-४) र ७-५ को सेटमा जित निकाले । २० पटकका ग्राण्डसलाम विजेता स्वी फेडेररलाई जित निकाल्न लामो संघर्ष गर्नु परेको थियो । उनले तीन घण्टा ३५ मिनेट कोर्टमा विताएका थिए ।

उनले चौथो चरणमा नवौँ बरियताका इटालियन खेलाडी मातेओ बेरित्तिनीसँग प्रतिस्पर्धा गर्ने छन् । २५ वर्षका बेरित्तिनीले दक्षिण कोरियाका क्वान सून(वूलाई पराजित गरेर पहिलोपटक फ्रेन्च ओपनको चौथो चरणमा स्थान बनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *