स्वीडेनको सहज जित

काठमाडौँ । युरोकप अघिको तयारी खेलमा स्वीडेनले सहज जित हात पारेको छ । स्वीडेनले अर्मेनियामाथि ३-१ को सहज जित निकालेको हो ।

म्यानचेस्टर युनाईटेडका डिफेन्डर भिक्टर लिन्डेलको उत्कृष्ट प्रदर्शनमा स्विडेनले अर्मेनियालाई पराजित गर्यो । स्वीडेनको जितमा फोर्सबर्गले १६औं मिनेटमा गोल गर्दा डेनिलसनले ३४औं मिनेटमा दोस्रो गोल गरे ।

त्यस्तै बेर्गले ८५ औं मिनेटमा टीमका लागि तेस्रो गोल गरे । अर्मेनियाका बिचकच्यानले ६४औं मिनेटमा गोल फर्काएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *