वेल्स बराबरीमा रोकिंदा रसिया विजयी

काठमाडाैँ । १८ महिनापछि रंगशाला फर्किएका वेल्सका समर्थक निरास भएका छन् । युरो अघिको अन्तिम मैत्रीपूर्ण खेलमा शनिबार वेल्सले अल्बानियासँग गोलरहित बराबरी खेलेको हो ।

कार्डिफमा ६५ सय समर्थकलाई मैदान प्रवेशको अनुमति दिएको थियो । अर्को खेलमा रसियाले बुलगेरियालाई १-० ले पराजित गरेको थियो । ८४ औं मिनेटमा सोबोलेभले पेनल्टीमार्फत गरेको एकमात्र गोल निर्णायक भएको थियो ।

वेल्सले भने अल्बानिया विरुद्ध पाएका अवर खेर फाल्यो । खेलमा दुबै टोलीले पाएको अवसर सदुपयोग गर्न असफल भए । युरोकप जुन ११ बाट सुरु हुँदैछ । वेल्स समूह ए मा रहेको छ । जहाँ टर्की, इटाली र स्विजरल्याण्ड रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *