भावुक हुँदै सन्दीप लामिछानेले भने-सरकारले सहयोग नगर्नाले अवसर गुम्यो

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सरकारको असहयोगका कारण टी-२० ब्लास्ट प्रतियाेगिता गुमाउनु परेको भन्दै आक्रोश पोखेका छन् । लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा  अर्को सातादेखि सुरु हुने टी-२० ब्लास्टमा पहिलो पटक वोर्सेस्टरशायरबाट खेल्ने तय भएको थियो। तर समयमा भिजा र पासपोर्ट नपाउँदा प्रतियोगिता खेल्ने अवसरबाट बञ्चित भएका छन्।

उनी समयमा नपुग्ने भएपछि  उनी आवद्ध क्लबले उनको कन्ट्रयाक शनिबार रद्द गरेको छ।

फेसबुकमार्फत भावुक हुँदै उनले खेलाडीलाई गहना भनिएपनि ब्यवहारमा कहिले पनि सहयोग नगरिएको गुनासो गरे। उनले ‘खेलाडीका लागि राज्यले कहिले ‘गहना’ को रुपमा ब्यबहार गर्छ?’ भनेर प्रश्न समेत गरेका छन।

उनले फेसबुक लाइभ मार्फत भिजा समयमानै लागेपनि भारतबाट पासपोर्ट आउनमा ढिलाई भएकाले सम्झौता रद्द भएको र अब जान नमिल्ने बताए । टी-२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म हुने तालिका छ। सन्दीपले भने- ‘कुनै खेलाडीका लागि काउन्टि क्रिकेट खेल्न पाउनु कति ठुलो अवसर थियो। तर तितो सत्य समयमा पासपोर्ट हात नलाग्दा मैले प्रतियोगिता गुमाएको छु। यस्को दोष कस्लाइ दिउँ ?’ उनले थपे- ‘मेरो भिजा पहिलेनै लागेको रैछ। भारतमा अड्किएको रैछ। हिजो मात्र मैले पासपोर्ट भिजा पाएँ सायद ४,५ दिन अघि हिड्न पाएको भएपनि ३,४ खेल गुमाएर भएपनि म पुग्ने थिएँ।’

उनले केहिसमय अघि यसबारेमा ट्वीट गरेपनि सरकारको कुनैपनि निकायले सहयोग नगरेको बताए। ‘कुनै खेलकुद पधाधिकारी होस् या खेलकुद मन्त्रालयका पदाधिकारी कोही कसैलेपनि सहयोग गरेनन्।’ उनले यसअघि पनि पटक-पटक समस्या भोगेको भएपनि चुपचाप बसेको बताए। उनले अप्ठ्यारो पर्दा खेलकुद मन्त्रालयबाट सहयोग हुने आश गरेको तर सहयोग नपाउँदा दुख लागेको बताए।

उनले प्रश्न गरेका छन्- खेलाडीले अवसर गुमाउनुको पिडा एक खेलाडीका लागि कति अर्थपुर्ण हुन्छ। कसैले बुझन नसकेको बताए। उनले भने ‘चान्स पाएन भनेर मात्र भन्ने चान्स पाएको बेलमा कस्ले साथ दिएको छ? कसैले पनि सहयोग गरेनन् । खेलाडीको साथमा कोही नभएपछि खेलाडीले मात्र कसरी गर्न सक्छ। कन्ट्रयाक रद्द हुनुको दु:ख कस्ले बुझ्ने ?’

उनले देशको माया गर्नेहरुले आफ्नो काम राम्रोसँग गरिदिए कसैले दुख नपाउने बताए। ‘अबदेखी आफ्नो काममा इमानदार हुनुहुन्छ भन्ने विश्वास छ। लापर्वाहि किन भयो सोध्न चाहन्छु। सबै खेलहरुका खेलाडीहरुले त्यो रेसपेक्ट पाउने कहिलेबाट हो? खेलाडीलाई गहना जस्तो ट्रिट कहिलेबाट गर्दिनु हुन्छ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *